रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्दै

Posted on: 27 Sep, 2022

असोज ११, काठमाडौं | साझा विवेकशील पार्टी परित्याग गरेका रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्ने भएका छन् । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले मिश्र बुधबार राप्रपामा समाहित हुने कार्यक्रम तय भएको जानकारी दिए । राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत् ध्रुवीकरण पक्षधर समूहबीच एकता घोषणा गर्न बुधबार राजधानीमा कार्यक्रम तय भएको उनको भनाइ छ । 


मिश्रलाई राप्रपाले वरिष्ठ उपाध्यक्ष बनाउने सहमति भएको छ। वरियता भने हाल राप्रपाका रहेका उपाध्यक्षहरुभन्दा पछाडि हुनेगरी सहमति भएको छ । 

रवीन्द्र मिश्र र राप्रपाबीच लामो समययता एकताका लागि छलफल हुँदै आएको थियो । जुन छलफलले मूर्तरूप लिएपछि श्रेष्ठले भने, ‘हामी नयाँ खबर सुनाउन आतुर थियौं, अन्ततः सम्भव हुने भयो । राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत् ध्रुवीकरण पक्षधर समूहका बीच भोलि काठमाडौंमा एकता घोषणा सभा हुनेछ ।’

मिश्रसँगै राजावादी पक्षधर विवेकशीलका नेताहरु राप्रपामा प्रवेश गर्ने बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!