मैले जति कर्णाली अरूले बुझेका छैनन् : मुख्यमन्त्री शाही

Posted on: 25 Sep, 2022

असोज ९, सुर्खेत | कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यहाँका जनताको मर्का आफूले मात्रै बुझेकाे बताएका छन् । सीधा कुरा मुख्यामन्त्रीसँगकाे कुराकानीमा उनले बा-आमाले घोडा पालेर कमाएको पैसाले विदेशमा पढेर आएको व्यक्ति भएकाले आफूले जति कर्णालीकाे बारेमा अरुले नबुझेकाे बताएका हुन् । 


कार्यक्रममा सहभागीले उठाएका प्रश्नको उत्तर दिने क्रम्मा मुख्यमन्त्री शाहीले आफू मुख्यमन्त्री भएपछि समय, सुशासन लगाएतका कुरामा पुरा काम गरेको बताए । नाै जिल्लामा केही निर्माण हुनु नपर्ने तर सुर्खेतमा मात्र सबै कुरा निर्माण हुनुपर्ने जस्ता माग आउने गरेकाे बताए । उनले भने- सबै ठाउँमा सुविधायुक्त स्वास्थ्य संस्थादेखि अन्य सुविधा हुनुपर्छ । 

सहभागी दिपेन्द्र बिसीले प्रदेशको औचित्य छैन किन भन्नु भयो ? भन्ने प्रश्नकाे जवाफमा शाहीले कर्णालीमा को सरुवा हुन्छ ?, को आउँछ ? अनि को जान्छ ? थाहा नै हुँदैन यसकारण मैले प्रदेशको छैन भनेकाे हुँ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!