देउवा र प्रचण्डको अपरिपक्व सोचले देश संकटतर्फ : नेता पाण्डे

Posted on: 18 Jul, 2022

 साउन २, धनुषा | नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रधानमन्त्री एवं गठबन्धन दलका नेतृत्वकर्ता शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अपरिपक्व सोचले मुलुक संकटतर्फ उन्मुख भइरहेको बताएका छन् । सोमबार जनकपुरमा प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा पूर्वअर्थमन्त्री समेत रहेका उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिका साथ रहेको र प्रचण्डले भारतको हात रहेको छ भन्ने अपरिपक्व सोचले देशलाई नै डुबाउने सम्भावना बढेको बताए ।

मुलुकलाई कुनै राष्ट्रको विरुद्ध गोटीको रुपमा प्रयोग हुन नदिन र देउवा तथा प्रचण्डको अपरिपक्व सोचलाई सफल हुन नदिने जिम्मेवारी एमालेको काँधमा रहेको भन्दै उनले देशमा जागरण अभियान चलाउनुका साथै संघर्ष गर्नुपर्ने बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!