काठमाडौँ महानगर: बालेनलाई पछ्याउदै सिर्जना, उपमेयरमा सुनिता डंगोलको अग्रता कायमै

Posted on: 22 May, 2022

जेठ ८, काठमाडौं | काठमाडौं महानगरपालिकाको पछिल्लो मत गणना अनुसार बालेन शाहको अग्रता कायमै छ ।

उनले ४० हजार ४२७ मत सहित आफ्नो अग्रता कायमै राखेका छन् । उनलाई सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले पछ्याइरहेकी छन् ।

सिर्जनाको मत २३ हजार १९३, र केशव स्थापितले २२ हजार ५१५ मत ल्याएका छन् । अहिलेसम्म १ लाख १४ हजार २०५ मत गणना भएको छ ।


काठमाण्डौ महानगरपालिकामा उपमेयरको पदमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको अग्रता कायमै छ । उहाँले २६ हजार आठ सय ८७ मतको अग्रता लिइरहनुभएको छ । 

अहिलेसम्म भएको गणनाअनुसार डंगोलले ४० हजार पाँच सय २४ मत प्राप्त गर्नुभएको छ । गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १३ हजार ६ सय ३७ मत प्राप्त गरेर दोस्रो स्थानमा हुनुहुन्छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिनिता मगैयाले आठ हजार चार सय एक मत प्रप्त गरेर तेस्रो स्थानमा हुनुहुन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!