पोखरा महानगर अपडेट : धनराजलाई पछ्याउँदै थापा

Posted on: 22 May, 2022

जेठ ८, पोखरा | पोखरा महानगरपालिकाको एक लाख चार हजार २१२ मतगणना हुँदा गठबन्धनका तर्फबाट मेयरमा उम्मेदवारी दिएका एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिइरहेका छन् । 

४१ हजार ७०५ मत ल्याएर अग्रता लिइरहेका आचार्यलाई ३८ हजार ३१० मत ल्याएर एमालेका कृष्ण थापाले पछ्याइरहेका छन् । 

मेयरका उम्मेदवार राप्रपाका शंकर खरालले ४ हजार ६९० र स्वतन्त्र उममेदवार गनेस पौडेलले २ हजार ६४९ मत पाएका छन् । 


यस्तै उपमेयरमा एमालेकी मन्जु गुरुङले ४३ हजार ६१६ मत ल्याएर अग्रता लिँदा कांग्रेसकी कोपीला रानाभाटले ४१ हजार ९२० मतसहित पछ्याइरहेकी छन् । राप्रपाकी रन्जना सेनले ४ हजार ६२९ मत पाएकी छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!