विराटनगरको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा एमाले विजयी

Posted on: 21 May, 2022

 जेठ ७, काठमाडौँ | विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला विजयी भएका छन्। उपमेयरमा भने एमालेकी शिल्पा कार्की निर्वाचित भएकी छन्।

मेयरमा नेपाली कांग्रेसका नागेश कोइरालाले ८ हजार ७ सय १५ मतान्तरले विजयी भएका छन् | उनले मेयरमा  ३० हजार १ सय ७० मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेबाट मेयरका उम्मेदवार सागर थापाले २१ हजार ४ सय ५५ मत प्राप्त गरे। 

 स्वतन्त्र उम्मेदवार उमेश यादवले ८ हजार ७ सय ९५ र राप्रपा उम्मेदवार प्रह्लाद साहले ५ हजार २ सय १६ मत प्राप्त गरे।

 यस्तै उपमेयरमा एमाले उम्मेदवार कार्कीले ११ हजार ४६१ मतान्तरले विजयी भइन्। उनले २५ हजार ६ सय ८० मत प्राप्त गरिन भने जसपाका उम्मेदवार अमरेन्द्र यादवले १४ हजार २ सय १९ मत प्राप्त गरे |

यसैगरी राप्रपा उम्मेदवार विन्दा लुइँटेलले ६ हजार ४ सय १ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ५ हजार १ सय १७ मत प्राप्त गरिन्।


यस बिषयमा तपाइको प्रतिक्रिया...!