पोखरा मेयरमा एकीकृत समाजवादीलाई ३,२०६ मतको अग्रता

Posted on: 20 May, 2022

जेठ ६, कास्की | पोखरा महानगरपालिकाकाे मेयरमामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै राखेका छन् । ६९ हजार ९ सय ६८ मतगणना हुँदा धनराज आचार्यले २८ हजार ५ सय ६३ मत ल्याएका छन् । उनको प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले २५ हजार ३ सय ५७ मत प्राप्त गरेका छन् । आचार्य र थापाबीच ३ हजार २ सय ६ मतकाे अन्तर रहेकाे छ । 

यस्तै राप्रपाका शंकर खरालले ३ हजार ६५ र स्वतन्त्र उम्मेदवार गनेश पाैडेलले १ हजार ८ सय २२ मत प्राप्त गरेका छन् । 

त्यस्तै उपमेयरमा भने नेकपा एमालेकी मञ्जु गुरुङकाे अग्रता कायमै छ । पछिल्लो मतपरिणाम अनुसार उनले १ सय २० मतले नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई पछाडी परेको छन् । गुरुङले २९ हजार २० मत प्राप्त गर्दा रानाभाटले २८ हजार ९ सय मत प्राप्त गरेकी छन् । यस्तै उपमेयरमा राप्रपाकी उम्मेदवार रञ्जना सेनले २ हजार ८ सय ८० मत प्राप्त गरेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!