धनगढीको स्वतन्त्र उम्मेदवार गोपाल हमाल ९ हजार ५ सय ९० मतले अगाडि

Posted on: 20 May, 2022

जेठ ६, कैलाली | कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले नौ हजार मतको अग्रता कायमै राखेका छन् | हालसम्म ४२ हजार २ सय ३० मत गणना हुँदा हमालले १९ हजार १ सय ४७ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार गोपाल हमाल कांग्रेसका नृपबहादुर वडभन्दा ९ हजार ५ सय ९० मतले अगाडि छन् | उनका निटकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नृपबहादुर वडले ९ हजार ५ सय ५७ मत पाएका छन्। त्यस्तै, नेकपा एमालेबाट मेयरका उम्मेदवार रणबहादुर चन्दले ४ हजार ६ सय ६४ मत पाएका छन्।

 त्यस्तै उपमेयरमा नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले अग्रता लिएकी छन्। उनले ८ हजार ८ सय १५ मत पाएकी छन् भने प्रतिस्पर्धी नेकपा एमालेकी कन्दकला रानाले ८ हजार १ सय ४१ मत पाएकी छन्। स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५ हजार ३६ मत पाएका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!