पोखरा महानगरमा धनराज आचार्यको अग्रता कायमै, कृष्णबहादुर थापा २ हजारभन्दा बढी मतले पछाडि

Posted on: 19 May, 2022

जेठ ५, पोखरा । कास्कीको पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै राखेका छन् | हालसम्म ५८ हजार १ सय २२ मतगणना हुँदा थापा आचार्यभन्दा २ हजार ८ सय ४५ मतले पछाडि परेका छन् । एकीकृत समाजवादीका धनराज आचार्यले २४ हजार ३२ ल्याएका छन् भने उनलाई पछ्याइरहेका नेकपा एमालेका कृष्णबहादुर थापाले २१ हजार १ सय ८७ मत ल्याएका छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खनालले २ हजार ४ सय १३ मत पाएका छन् । स्वतन्त्र उमेदवार खडक राज पौडेलले १ हजार ३८८ मत पाएका छन् । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!