पोखरा महानगरमा धनराज २ हजार ४९२ मतले अगाडी

Posted on: 19 May, 2022

जेठ ५, पोखरा | पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार धनराज आचार्यले अग्रता कायमै लिएका छन्।

निर्वाचन कार्यालयको पछिल्लो विवरणअनुसार ५२ हजार ८ सय १७ मत गणना हुँदा सत्तागठबन्धनबाट उम्मेदवारी दिएका एकीकृत समाजवादीका धनराज आचार्यले २१ हजार ८ सय ८० मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापाले १९ हजार ३ सय ८८ मत प्राप्त गरेका छन्।

त्यस्तै उपमेयरतर्फ भने एमालेकी मञ्जुदेवी गुरुङ अगाडि छन् । उनले  २२ हजार १ सय ३१ मत ल्याएकी छन् भने गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले २२ हजार १ सय २२ मत प्राप्त गरेकी छन्।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!