पाँचथरको फिदिम नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी

Posted on: 18 May, 2022

जेठ ४, पाँचथर | पाँचथरको एकमात्र नगरपालिका फिदिम नगरपालिकाको मेयरमा गठबन्धनबाट  नेपाली कांग्रेसका मित्रप्रसाद काफ्ले विजयी हुनुभएको छ । नेकपा एमाले र राप्रपाकाे गठबन्धनमा मेयर पदका उम्मेदवार पृथ्वी लावतीलाई ६ सय १ मत अन्तरले हराँउदै उहाँ विजयी बन्नुभएको हो । काफ्लेले ९ हजार ६ सय २८ मत पाँउदा लावतीले ९ हजार २७ मत प्राप्त गर्नुभयो ।

यस्तै उपमेयर पदमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राधाकृष्ण न्यौपाने निर्वाचित हुनुभएको छ । एमाले-राप्रपाको गठबन्धनबाट  राप्रपाका जगत थापा मगरलाई तीन हजार १ सय ९५ मतकाे फराकिलो मत अन्तरले हराँउदै न्यौपाने उप मेयर पदमा निर्वाचित भएको हुन् | राधाकृष्ण न्यौपानेले ८ हजार ७ सय ७३ मत पाँउदा जगत थापामगरले ५ हजार ५ सय ७८ मत प्राप्त गर्नुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!