पोखरामा अग्रता बढाउँदै धनराज आचार्य, १ हजार ७९५ मतान्तर

Posted on: 18 May, 2022

जेठ ४, पोखरा । पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर १ हजार ७९५ पुर्‍याएका हुन् ।

नेकपा एकीकृत समाजवादीका आचार्यले १२ हजार ९ सय ४५ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले ११ हजार १ सय ५० मत ल्याएर पछ्याइरहेका छन् । मेयरमै राप्रपाका शंकर खरालले १ हजार ३ सय ६० र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले ७ सय ३६ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले अग्रता कायम राखेकी छन् । रानाभाटले १२ हजार ६ सय ९६ मत प्राप्त गरेकी छन् भने एमालेकी मञ्जुदेवी गुरुङले १२ हजार ९१ मत ल्याएर पछ्याइरहेकी छन् । राप्रपाकी रञ्जना सेनले १ हजार १ सय १७ मत प्राप्त गरेकी छन् ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!