काठमाडौँको उपमेयरको मत अपडेट : रामेश्वर श्रेष्ठभन्दा सुनिता ४७०२ मतले अगाडि

Posted on: 16 May, 2022

जेठ २, काठमाडौं | काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ठूलो अन्तरको अग्रता बनाएकी छन् । 

निर्वाचन आयोगका अनुसार हालसम्म डंगोलले ६ हजार ५ सय ५७ मत प्राप्त गरेकी छन् । यो मत उनको निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठभन्दा ४७०२ ले बढी हो । 

एकीकृत समाजवादीका उम्मेदवार श्रेष्ठले १ हजार८ सय ५५ मत प्राप्त गरेका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट श्रेष्ठले उम्मेदवारी दिएका थिए । 

यस्तै, काठमाडौं महानगरको उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिनिता मगैयाले १ हजार ७६ मत प्राप्त गरेकी छन् र काठमाडौं महानगरको उपप्रमुखमा विवेकशील साझा पार्टीकी कीर्ति तुलाधरले २९३ मत प्राप्त गरेकी छन् |





यस बिषयमा तपाइको प्रतिक्रिया...!