रामनगर गाउँपालिका अध्यक्षमा २२ वर्षे राजाबाबु विजयी

Posted on: 16 May, 2022

जेठ २, सर्लाही | नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका २२ वर्षे युवा राजाबाबु यादव सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन् । 

रामनगर गाउँपालिकाको अन्तिम मत परिणामअनुसार राजाबाबुको जित सँगै सर्लाहीमा माओवादी केन्द्रले जितको खाता खोलेको छ । यादव चार हजार ८१ मत प्राप्त गरी विजयी भएका हुन् । उनले निकटतम प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर मत पाएका छन् । 


मत परिणामअनुसार यादवका निकटतम् प्रतिस्पर्धी उनकै काका हरिनन्दनप्रसाद यादव छन् । उनले नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका थिए । हरिनन्दनले २३ सय ३९ मत मात्र प्राप्त गरेका छन्री ।  

गाउँपालिकको उपाध्यक्षमा पनि माओवादी केन्द्रकै उम्मेदवार गीतादेवी साह ३५ सय २३ मतसहित विजयी भइन् । उनकाे निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कोशिला साहले २६ सय ३७ मतमात्र प्राप्त गरिन । 

यस्तै, स्वन्त्र उमेद्वारी दिएका निवर्तमान अध्यक्षका छोराले केएस राहुल बर्माले १६ सय सात मत मात्र प्राप्त गरे । २०७४ सालको स्थानीय तह निर्वाचनमा यहाँ नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद बर्मा निर्वाचित भएका थिए । उनकाे गत बर्ष असारमा निधन भएको थियो । सुरुमा उनकै छोरालाई कांग्रेसको तर्फबाट टिकट दिने भनिए पनि नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । 

गाउँपालिका अध्यक्षमा विजयी उम्मेदवार राजाबाबु सर्लाही क्षेत्र नम्बर ४ का प्रभावशाली माओवादी केन्द्रका नेता एवं पुर्व सांसद शिवपुजन रायका जेठा छोरा हुन् । रामनगर गाउँपालिका समेत गरी सर्लाहीमा तिन वडा पालिकाको नतिजा सार्वजनिक भएको छ । धन्कौल गाउँपालिका र हरिपुर नगरपालिकाको मेयर-उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भइसहेका छन् ।

यस्तै, रामनगर गाउँपालिकाको वडाध्यक्षमा १ नम्बर वडामा माओवादी केन्द्रका ब्रह्मदेव चौधरी, २ नम्बरमा माओवादी केन्द्रका सदानन्द यादव, ३ नम्बरमा माओवादी केन्द्रका अजय यादव, ४ नम्बरमा नकपा एमालेका वीरेन्द्र ठाकुर, ५ नम्बरमा माओवादी केन्द्रका श्रीन्नदन प्रसाद यादव, ६ नम्बरमा नेपाली कांग्रेसका गुदर साह, ७ नम्बरमा नेपाली कांग्रेसका गौरी शंकर पण्डित कुम्हार विजयी भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!