'देखिस् कांग्रेस एमाले, जनताले भोट काँ हाले' भन्दै बालेनको पक्षमा नारा

Posted on: 16 May, 2022

जेठ २, काठमाडौं | काठमाडौं महानगरपालिको मेयरमा बालेन शाहको अग्रता कायमै छ । उनी अन्य उम्मेदवारभन्दा दोब्बर मतले अघि बढिरहेका छन् । उनको अग्रता कायमै रहेका बेला उनका समर्थक तथा शुभचिन्तकहरूले मतगणनास्थल राष्ट्रियसभा गृहमा भने खुसियाली मनाइरहेका छन् । 

संयौंको संख्यामा उपस्थित समर्थक तथा शुभचिन्तकहरूले बालेनको पक्षमा नारा लगाउनुका साथै हुटिङ गरिरहेका छन् । राष्ट्रिय झण्डासहित जम्मा भएका उनीहरूले एमाले, कांग्रेस लगायतका दलमाथि कटाक्ष गरिरहेका छन् । 

                         

'देखिस् कांग्रेस एमाले, जनताले भोट काँ हाले ?', 'नेपाली जनताले के भन्छ, बालेन शाहलाई लेँ भन्छ', जस्ता नारा लगाइरहेका छन् । 

यतिमात्र नभएर पछिल्लो समय चर्चामा रहेका सागर, वसन्ते, किस्नेसँग जोडेर पनि नाराबाजी गरेको देखिन्छ । उनीहरूले 'सागर वसन्ते किस्ने, बालेन शाहले हो जित्ने' भन्दै नारा लगाएका हुन् । 


मत गणनाको सुरुवाती चरणदेखि नै बालेन शाह अग्र स्थानमा थिए । उनलाई नेकपा एमाले उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् । बालेन शाह लौरो चुनाव चिन्ह लिएर काठमाडौं महानगरेको मेयर पदका लागि उम्मेदवार बनेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!