रसुवाकाे २४ वडाको मतगणना सकियाे, १२ एमाले, ११ वडामा कांग्रेस विजयी

Posted on: 16 May, 2022

जेठ २, रसुवा | स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । यसै क्रममा रसुवाका पाँच पालिकाकाका २४ वडाकाे मत परिणाम सार्वजनिक भएकाे छ । जसमा एमालेले १२, कांग्रेसले ११ र माओवादीले एउटामा वडाध्यक्ष पद जितेको छ । 

सोमबार दिउँसो २ बजेसम्मको नतिजाअनुसार नेकपा एमालेले उत्तरगयाको १, २ र ३, गोसाइँकुण्डको १, ३, ५ र ६, आमाछोदिङ्मोको १, ३ र ४ र नौकुण्डको २ र ३ नम्बर वडा जितेको छ ।

यस्तै, नेपाली कांग्रेसले कालिकाको २, ३ र ४, नौकुण्डको १, ४ र ५, गोसाइँकुण्डको २ र ४, आमाछोदिङ्मोको २ र ५ तथा उत्तरगयाको ४ नम्बर वडामा विजयी भएको छ । 

नेकपा माओवादी केन्द्रले हालसम्म कालिका–१ मा मात्रै जित हासिल गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!