बैतडीका ६ वडाको मत परिणाम सार्वजनिक : ३ मा एमाले, ३ मा कांग्रेस विजयी

Posted on: 14 May, 2022

वैशाख ३१, बैतडी | बैतडीका ६ वडा मध्ये ३ वडामा नेकपा एमाले र ३ वडामा नेपाली कांग्रेस विजयी भएको छ । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेका विष्णु भट्ट विजयी भएका छन् । भट्ट निवर्तमान वडाध्यक्ष नेपाली कांग्रेसका भुवनराज भट्टलाई २४ मतले पराजित गर्दै विजयी भएका हुन् । विष्णुले ८ सय १४ मत प्राप्त गरेका थिए । यस्तै भुवनले ७ सय ९० मत ल्याए ।

पराजित भएका भुवन नेपाली कांग्रेसका नगर सभापतिसमेत हुन् । 

यसैगरी दशरथचन्द नगरपालिका वडा नम्बर ११ मा नेकपा एमालेका जयदत्त पन्त प्यानलसहित विजयी भएका छन् । 

जिल्लाको सुरनया गाउँपालिका वडा नम्बर १मा नेकपा एमालेका धनबहादुर चन्द विजयी भएका हुन् । 

यस्तै जिल्लाका ३ वडामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । पुर्चौडी नगरपालिका वडा नम्बर १० मा कांग्रेसका हिक्मत विष्ट विजयी भएका छन् । सिगास गाउँपालिका १ मा कांग्रेसकै रामचन्द्र ऐरी विजयी भएका छन् । त्यसैगरी जिल्लाको शिवनाथ गाउँपालिका १ मा कांग्रेसका बल्देब सिंह चाड विजयी भएका छन् । 

८४ वडा रहेको बैतडीका अन्य वडाको मत परिणाम आउन बाँकी रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!