पुर्चाैडी-१० मा कांग्रेसका उम्मेदवार विष्ट विजयी

Posted on: 14 May, 2022

वैशाख ३१, बैतडी | पुर्चाैडी नगरपालिका-१० काे वडा अध्यक्षमा नेपाली कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी भएका छन् । उनी चार सय ८६ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवारले चार सय ६८ मत प्राप्त गरेका छन् । 

वडा अध्यक्षसहित तीन सदस्य नेपाली कांग्रेसबाट विजयी भएका छन् भने एक वडा सदस्यमा नेकपा एमालेका उम्मेदवार  विजयी भएका छन्को । 

पुर्चौडीमा अहिले सम्मको मतगणना अनुसार नगरप्रमुखमा कांग्रेसको अग्रता कायम छ । नगर प्रमुखका उम्मेदवार दिपक बलमे पाँच सय सय ७५ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका कर्णबहादुर कुँवरले चार सय २३ मत प्राप्त गरेका छन् । 



 

यस बिषयमा तपाइको प्रतिक्रिया...!