हेटौडामा समाजवादी र एमालेबीच टक्कर, समाजवादीको अग्रता

Posted on: 14 May, 2022

वैशाख ३१, काठमाडौँ । हेटौडा उपमहानगरमा फेरि एकीकृत समाजवादीले अग्रता लिएको छ । गठबन्धनबाट उम्मेदवार बनेकी एकीकृत समाजवादीकी मीनाकुमारी लामाले झिनो मतान्तरले अग्रता लिएकी हुन् ।

लामाले २८३ मत ल्याउदा एमालेका उम्मेद्वार अनन्त पौडेलले २७३ मत ल्याएका छन् । त्यस्तै राप्रपाका दिपकबहादुर सिंहले १९८ मत ल्याएका छन् ।

उपमेयरमा पनि गठबन्धनकै उम्मेद्वारको अग्रता छ । गठबन्धनका उम्मेद्वार राजेश बानियाँले ४१८, एमालेका उम्मेद्वार सुमित्रा काफ्लेको ३१९ र राप्रपाका इन्दिरा डल्लाकोटीले ६१ मत पाएकी छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!