सुर्खेतको वीरेन्द्रनगरमा कांग्रेसको सुरुवाती अग्रता

Posted on: 14 May, 2022

वैशाख ३१, सुर्खेत | सुर्खेतको वीरेन्द्रनगर नगरपालिका बडा नं. १ को  ५० मतगणना हुँदा नेपाली कांग्रेसको  सुरुवाती अग्रता देखिएको छ । प्रारम्भिक गणना अनुसार कांग्रेस र माओवादी गठबन्धन दलबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार उपेन्द्र खड्काले १६ मत ल्याएका छन् गठब्रन्धनबाट उपप्रमुख रहेकी माओवादी केन्द्रका उम्मेदवार शान्ति ढकालले २३ मत ल्याएकी छिन् । 

त्यस्तै, राप्रपाका मुकुन्दश्याम गिरीले १४ मत ल्याएका छन् भने एमालेका प्रमुख पदकी उम्मेदवार मोहनमाया ढकालले ६ मत र उपप्रमुख निलकण्ठ खनाले १० मत ल्याएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!