१० स्थानिय तहको मतपरिणाम: कुन पार्टीको कति स्थानमा अग्रता ?

Posted on: 14 May, 2022

वैशाख ३१, काठमाडौँ । स्थानिय तह निर्वाचनको जारी मतगणनाको क्रममा हालसम्म १० स्थानिय तहको प्रमुख पदको टुंगो लागेको छ । जसमा एमालेले ५ स्थानिय निकाय जित निकालेको छ भने कांग्रेसले ३ र समाजवादीले २ स्थानमा प्रमुख पदमा बिजयी भएका छन् । 

त्यस्तै उपप्रमुख पदको मत परिणाम अनुसार एमाले र कांग्रेसले समान ३/३ स्थानमा जित हाँशिल गरेका छन् । त्यस्तै समाजवादीले १ स्थानमा जित हाँशिल गरेको छ । 

मतगणना जारी रही मतपरिणाम आउने क्रम जारी रहँदा हालसम्म बिभिन्न स्थानिय निकाय अन्तर्गत कांग्रेस सबैभन्दा अग्रपंक्तिमा रहेको छ । कांग्रेसले ९१ स्थानमा अग्रता लिएको छ भने एमालेले ६१ स्थानमा अग्रता लिएको छ । त्यस्तै माओवादी केन्द्रले ४३ स्थानमा अग्रता लिंदा एकीकृत समाजवादीले ७ स्थानमा र जसपा नेपालले ४ स्थानमा अग्रता लिएको छ । 

त्यस्तै उपप्रमुख पदमा पनि कांग्रेसले सबैभन्दा बढी स्थानमा अग्रता लिएको छ । कांग्रेसले ७३ स्थानमा अग्रता लिंदा एमालेले ६० स्थानमा अग्रता लिएको छ । त्यस्तै माओवादीले ३८ स्थानमा अग्रता लिएको छ भने जसपा नेपालले ४ स्थानमा अग्रता लिएको छ । समाजवादीले भने ३ स्थानमा अग्रता लिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!