बुटवलमा ११ सय मत गन्दा कांग्रेस झन्डै दोब्बर मतले अगाडि, एमाले तेस्रो

Posted on: 14 May, 2022

बैशाख ३१, बुटवल | बुटवल उपमहानगरपालिका ११ सय मत गन्दा कांग्रेसका मेयर उम्मेदवार झन्डै दोब्बर मतले अगाडि देखिएका छन्।

वडा नम्बर १ को ११ सय मत गन्दा कांग्रेसका खेलराज पाण्डेले ४९६ मत पाएका छन् भने दोस्रोमा रहेका राप्रपा उम्मेदवार मृगेन्द्रकुमार शेरचनले २६१ मत पाएका छन्।

वैशाख 

अघिल्लो पटक मेयर जितेको एमाले अहिलेसम्म बुटवलमा तेस्रो स्थानमा छ। एमाले उम्मेदवार बाबुराम भट्टराईले १९५ मत पाएका छन्। मतगणना जारी छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!