कालीकोटको एक मतदान केन्द्रमा मतदान स्थगित

Posted on: 13 May, 2022

वैशाख ३०, सुर्खेत | कालीकोटको पचालझरना गाउँपालिका–१ को खयरकोटमा रहेको कालिका माध्यमिक मतदान केन्द्रमा राजनीतिक दलहरुबीच विवाद हुँदा मतदान स्थगित गरिएको छ । मतदानका बिषयमा माओवादी केन्द्रका कार्यक्रता र कांग्रेसका कार्यक्रताबीच विवाद हुँदा मतदान स्थगित गरिएको हो । 

मतदान केन्द्रमा ५८८ मतमध्ये ३१६ मत खसेपछि विवाद भएको मतदान अधिकृत रचना गुरुङ्गले बताइन् । अहिले पुनः मतदानका बिषयमा राजनीतिक दलहरुसँग छलफल भइरहेको उनले जानकारी दिइन् । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!