भाेट हालेपछि ८८ वर्षीय खड्काले भने- गणतन्त्र आयाे, विकास आएन

Posted on: 13 May, 2022

वैशाख ३०, सुर्खेत | लामो सयमदेखि मतदान गर्दै आएका जेष्ठ नागरिकले पञ्चायतकालदेखि नै मतदान गर्दै आए पनि अवस्थामा परिवर्तन नआएको बताएका छन् । 

२०३६ सालको जनमत सग्रहदेखि नै आफूहरुले मतदान गर्ने गरेको भए पनि अहिले कुनै परिवर्तन नआएको मतदान गर्नु अघि लाइनमा बसेका कालिकोट पचालझरना गाउँपालिकाका-१ सिकुँ ८८ वर्षीया धन्नाम खड्काले बताए ।

‘मैले २०३६ सालमा बहुदललाई मतदान गरेको हुँ,’ उनले भने,‘अहिलेसम्म देशमा देशमा गणतन्त्र आएको भए पनि विकास र समृद्धि आएको छैन ।’

जो सुकै नेतृत्वमा आएपनि आफन्त र नातेदार हेर्ने चलन रहेको उनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!