जनकपुरधामका मेयर उम्मेदवारहरूको चुनावी एजेण्डा : भ्रष्टाचार अन्त्यदेखि धार्मिक पर्यटकीय सहर बनाउनेसम

Posted on: 29 Apr, 2022

 वैशाख १६, जनकपुरधाम | जनकपुरधाम उपमहनगरपाकिलका स्थानीय तहको हेबिवेट बन्दै गएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधाम नै रहेकोले पनि दलीयदेखि स्वतन्त्र उम्मेदवारसम्म नेतृत्व लिन कम्मर कसेर लागेका छन् । हुन त जनकपुरधाम उपमहानगरपालिकामा मधेश प्रदेशमै सबैभन्दा बढीले उम्मेदवारी दिएका छन् । 

विभिन्न १२७ पदका लागि जनकपुरधामा एक हजार ९७ जनाले उम्मेदवारी दिएका छन् । २९ जना स्वन्त्रतसहित मेयरमा ४१ र उपमेयरमा ३७ जनाले उम्मेदवारी दिएका छन् । 

४१ जना मेयरका उम्मेदवारमध्ये केही मेयरका यस्तो चुनावी एजेण्डा : 

सत्तारुढ गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार हुन्,  निर्वतमान मेयर लालकिशोर साह । दुई दिनअघि पत्रकार सम्मेलन गरेर उनले आफ्ना पुरानै चुनावी एजेण्डा दोहो¥याएका छन् । उनी जनकपुरधामलाई स्र्माट सिटीदेखि जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा राख्न पहल गर्नेसम्मको एजेण्डा अघि सारेका छन् । 

पछिल्लो कार्यकालमा जनकपुरलाई सुन्दर र सफा बनाउन अहोरात्र खटेको बताउँदै साहल भने, 'पहिला वडा वडाको नाला व्यवस्थित थिएन, वर्षायाममा नालाको पानी घरघरमा प्रवेश गर्ने गरेको थियो । तर अहिले सबै वडामा नाला व्यवस्थापनदेखि सडक फराकिलो गर्ने काम गरेको छु ।'स्र्माट सिटी बनाउन आवश्यक भौतिक पूर्वाधार तयार गरेको बताउदै मेयर साहले भने, ‘मैले आफ्नो कार्यकालमा एउटा राम्रो आधार निर्माण गर्न सफल भएको छु । त्यसलाई मूर्तरूप दिन मेरो उम्मेदवारी हो ।’

कांग्रेसबाट जनकपुरधामको मेयरको टिकट नपाएर स्वतन्त्र उम्मेदवारी दिएका मनोज साह २०७४ सालको निर्वाचनमा लालकिशोर साहसँगै करिब १० हजारभन्दा बढी मतले पराजित भएका थिए । पछिल्लो पाँच वर्षमा मेयर लालकिशोर साहले विकास निर्माणको कार्यभन्दा भ्रष्टाचारमा लिप्त रहेको र जनताले उसको वास्तविक चरित्र देखिसकेकोले जनताले उसलाई यसपटक पखा लगाउने साहले दाबी गरेका छन् ।

जनकपुरधामलाई धार्मिक पर्यटकीय सहरदेखि ल्याण्डफिल साइटको व्यवस्थापनसम्मको आफ्नो चुनावी एजेण्डा रहेको उनले बताए । अनावश्यक कर लगाएर जनतालाई उपमहानगरपालिकाले चुस्दै आएकोले त्यसलाई कम गर्न पनि प्राथमिकता रहेको उनले बताए । त्यसैगरी, जनकपुरधामको विमानस्थलको विस्तारदेखि यहाँका पठनपाठनको सुधारको लागि आफूले काम गर्ने साहको चुनावी एजेण्डा  छ । 

जनकपुर उद्योग वणिज्य संघका पूर्वअध्यक्ष शिवशंकर साह (हिरा)लाई मेयरको उम्मेदवार बनाएको छ । व्यवसायी क्षेत्रबाट आएका साहले जनकपुरलाई धार्मिक पर्यटकीय सहरको साथै जनकपुरधामको खस्किँदै गएको व्यापार क्षेत्रलाई उकास तथा यहाँका शैशिक्षक संस्थालाई स्तर उन्नती गर्ने बताउने गरेका छन् ।  जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयसहित सरकारी कार्यालयमा व्यापक भ्रष्टाचार हुने गरेको त्यसलाई समाप्त गर्ने आफ्नो चुनावी एजेण्डा रहेको उनले बताए । 

टिकटको प्रलोभनमा लोसपा छोडेर एमालेमा प्रवेश गरे पनि अन्तिम समयमा टिकट नपाएर स्वतन्त्र उम्मेदवारी दिएका हुन जनकपुरधाम वडा नम्बर ७ का निर्वतमान वडाध्यक्ष जानकी राम साह । उनी पनि जनकपुरको फोहोर व्यवस्थापनको लागि ल्याण्डफिल साइटदेखि शैक्षिक सुधारलाई आफ्ना चुनावी एजेण्डा बनाएका छन् । जनकपुरधामले कुशल नेतृत्व नपाएकै कारण जनताको चाहनाअनुसार विकास निर्माण कार्य नभएको बताउदै उनले भने,' मैले पाँच वर्ष वडाध्यक्षको रुपमा काम गरेको जनताले देखेका छन् । त्यही कामको मुल्यांकन गरेर जनताले मलाई मतदान गर्छन् ।’

जनकपुरधाम उपमहानगरपालिका भित्रै नाला निर्माण, ढल व्यस्थापन तथा सडक निर्माणको ठेक्का पाएर काम गरेका हुन् रमण कन्ट्रशनका सञ्चालक बलराम महतो । अहिले आफ्नो व्यवसायीको जिम्मेवारी छोरालाई लगाएर उनी जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । जनकपुरधामको मेयरको टिकटको लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका शीर्ष नेताहरू घर चाहार्दा पनि टिकट नपाएरपछि बाध्य भएर स्वतन्त्र उम्मेदवारी दिएका महतोले जनकपुरबासीको सेवा गर्न आफू चुनावी मैदानमा उत्रेको बताए ।

जनकपुरधामको नाला, सडकजस्ता कार्यहरूको ठेका पाएर पनि तत्कालीन मेयरले राम्रोसँग काम गर्न नदिएकोले आफैँ मेयरमा निर्वाचित भएपछि जनताको चाहनाअनुसार जनकपुरधामलाई एक व्यवस्थित सहरको रुपमा विकास गर्ने आफ्नो अठोट रहेको उनले बताए । 

मेयरको लागि पुरुष उम्मेदवारहरूको भिडभाड रहेको जनकपुरधाममा जनमत पार्टीकी  अनितादेवी साह र तराई मधेश लोकतान्त्रिक पार्टीले विभा ठाकुरलाई नगर प्रमुखको रुपमा उम्मेदवार बनाएका छन् ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!