राप्रपा नेपाल महोत्तरीले गठबन्धन प्रक्रिया अगाडि बढायो, १४ वडामा दाबी

Posted on: 17 Apr, 2022

 वैशाख ४, महोत्तरी | राप्रपा नेपाल महोत्तरीले नेकपा एमालेसँगको गठबन्धन गर्ने प्रक्रियालाई अगाडि बढाएको छ । राप्रपा नेपालले सूर्य चिह्नमा नै निर्वाचन लड्ने सहमति जनाएपछि एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालले महोत्तरीमा पनि गठबन्धन प्रक्रियालाई अगाडि बढाएका हुन् ।

जिल्लामा संगठनिक संरचनाको हिसावले राप्रपा नेपाल निक्कै पछाडि छ ।अघिल्लो निर्वाचनमा उक्त पार्टीले जलेश्वर नगरपालिका-१० मा विजयी हासिल गरेको थियो । अहिले राप्रपावाट फुटेर राप्रपा नेपाल बनेपछी राजेन्द्र लिङ्देनले नेतृत्व गरेको राप्रपाभन्दा कमल थापाले नेतृत्व गरेको राप्रपा नेपाल खुम्चिएको छ ।राप्रपा नेपाल महोत्तरीका अध्यक्ष यनिखर गौतमका अनुसार महोत्तरीका विभिन्न पालिकामा गरि २८ वटा वडाहरूमा संगठनिक संरचना बलियो छ ।

जिल्लाको बल्वा नगरपालिकाअन्तर्गत वडा न. ५ र ६, पिपराको वडा न.५ र ६, जलेश्वर नगरपालिकाको वडा न.१०, बर्दिबास नगरपालिकाको ४,५, १२,१३ र १४, गौशाला नगरपालिकाको वडा न.१ र ७, सम्सी गाउँपालिकाको वडा न.१ र ३, मनरासिस्वाको ३,६ र ७, मटीहानीको वडा न.२ र ३, एकडाराको वडा न.३ र ५, रामगोपालपुरको वडा न.५ र ६, लोहारपट्टीको वडा न.४ र ५, सोनामाको वडा न.२ र ५ मा संगठनिक संरचना बलियो भएको राप्रपा नेपाल महोत्तरीले जनाएको छ ।

बलियो भएका वडाहरूमध्ये १४ वटा वडाहरूमा आफ्नो भागमा हुनुपर्ने राप्रपा नेपालले दाबी गर्दै आएको छ । अघिल्लो निर्वाचनमा जलेश्वर नगरपालिका वडा न.१४ जितेको तत्कालीन राप्रपाले अहिले राप्रपा नेपालले भने जलेश्वरमा उपमेयरको नै दाबी रहेको बताएको छ ।


 


यस बिषयमा तपाइको प्रतिक्रिया...!