जाजरकोट, सुर्खेत र डोल्पाका अधिकांश स्थानमा दोहोरिने रणनीतिमा जनप्रतिनिधि

Posted on: 12 Apr, 2022

चैत्र २९, सुर्खेत | जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावल फेरि पनि दोहोरिने रणनीतिमा छन् । नेकपा एमालेबाट प्रतिनिधित्व गदै भेरीको नगरप्रमुख रहेका चन्द्रप्रकास घर्ती पनि नगरप्रमुखमो उम्मेदवारी घोषणा गरिसकेका छन् । 

शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाही पनि आफू उम्मेदवार बन्नुपर्ने भन्दै तीव्र लविङमा छन् । जुनिचाँदे गाउँपालिकाकी कावा अध्यक्ष शिवा आचार्यले पनि अध्यक्षमा उम्मेदवारी दिने तयारीमा आफ्नो पार्टी माओवादी केन्द्रका नेताहरूसँग छलफलमा छिन् । 

बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्र शाह आफू नै फेरि अध्यक्षमा दोहोरिने भन्दै छलफल गरिरहेका छन् । कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेत आफू अध्यक्षमा दोहोरिने भन्दै प्रचार नै सुरु गरिसकेक छन् । उनी कांग्रेबाट प्रतिनिधित्व गर्दछन् । उपाध्यक्षहरू समेत अध्यक्षमा पदोन्नति हुनुपर्ने भन्दै पार्टीका ठुला नेतासँग टिकटका लागि छलफल जारी राखेका छन् । 

जाजरकोटमा दुई स्थानीय तहमा मात्र नेकपा एमालले उम्मेदवारको टंगो लगाएको छ भने अन्य दलहरूले उम्मेदवार टुंगो लगाउन सकेका छैनन् । 

यत्ता सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाकी उपमेयर मोहनमाया ढकाल अब मेयरको उम्मेदवार हुनुपर्ने आकांक्षा राखेकी छिन । २०७४ को चुनावमा नेपाली कांग्रेसकी जानकी सिंहलाई पराजित गर्दै १६ हजार ६८ मतका साथ मोहनमाया ढकाल वीरेन्द्रनगर नगरपालिकाको उपमेयरमा विजयी भइन् । एमालेबाट उम्मेदवार बनेकी ढकालले कांग्रेसकी सिंहलाई दुई हजार ४२ मतअन्तरले पराजित गरिन् ।

कांग्रेस पार्टी उपसभापति पूर्णबहादुर खड्काको गृह जिल्लासमेत रहेको सुर्खेत त्यो बेला कांग्रेसको पकटक्षेत्र मानिन्थ्यो । मेयरमा कांग्रेसकै देवकुमार सुवेदीले जिते । त्यो बेला मेयरको टिकट मागेकी ढकाललाई पार्टीले पत्याएन । उनले उपमेयरमा पनि राम्रो मत ल्यायर विजयी भइन् ।

पाँच वर्ष वीरेन्द्रनगरको उपमेयर पद सम्होलेकी ढकालले आगामी स्थानीय चुनावमा आफू मेयरको दाबेदार भएको बताइन् । ‘मसँग उपमेयर भएर काम गरेको अनुभव छ । आफँैले सुरुवात गरेका धेरै कामहरू अधुरा छन्, ती कामलाई पूरा गर्न पनि मेरो उम्मेदवारी रहन्छ,’ ढकालले भनिन् । 

निमित्त प्रमुखको जिम्मा लिएर काम गरिसकेको हुँदा प्रमुखको भूमिका उत्कृष्ट रुपमा सञ्चालन गर्न सक्ने उनको दाबी छ । ‘विशेष परिस्थितिमा मैले कार्यबाहक नगरप्रमुखको भूमिका निर्वाह गरेको थिएँ, जसले गर्दा मेयर भएर नगरको विकास र समृद्धिमा आफ्नो भूमिका सहज रुपमा निर्वाह गर्न सक्छु भन्ने आत्मविश्वास बढेको छ,’ उनले भनिन् । 

आठबीस नगरपालिका दैलेखकी उपमेयर दीपा बोहरा पनि यसपटकको स्थानीय चुनावमा मेयरमा आकांक्षी छन् । डोल्पाको मड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाही फेरि आफूलाइ अध्यक्षको उम्मेदवार भन्दै प्रचारमा लागेका छन् । उपल्लो डोल्पाको काइके गाउँपालिका ७ का वडाध्यक्ष रामचन्द्र रोकायले आफूलाई जनताले सर्वसहमत अध्यक्ष बनाइसकेको भन्दै उम्मेदवारी घोषण गरेका छन् । 

डोल्पाकै ठुलिभेरी नगरपालिकाका मेयर गणेशबहादुर शाही फेरि आफुले टिकट पाउनुपर्ने भन्दै छलफलमा छन् । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!