कांग्रेस स्थानीय तह प्रचार उपसमितिमा महोत्तरीबाट को-को परे ?

Posted on: 07 Apr, 2022

विशाल बस्नेत | चैत २४, महोत्तरी ।  नेपाली कांग्रेसले देशैभरीका स्थानीय तह  निर्वाचनका लागि केन्द्रीय युवा प्रचार नेटवर्क उपसमिति गठन गरेको छ । 

केन्द्रीय युवा प्रचार नेटवर्क उपसमितिमा महोत्तरीबाट ३ जना मनोनित भएका छन् ।

मनोनित हुनेहरुमा आशाकुमारी यादव, रोशन ठाकुर र मोहन पाण्डे छन् ।  कांग्रेस स्थानीय तह केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा.प्रकाशसरण महतले गोबिन्द भट्टराईको संयोजकत्वमा उक्त उपसमिति गठन गरेका हुन् ।

२२ चैतमा बसेको समितिको निर्णयअनुसार ७७ वटै जिल्लामा सदस्य रहनेगरी उपसमिति गठन गरिएको कांग्रेसले  जनाएकाे  छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!