पूर्वमन्त्री बृजेशकुमार गुप्ता एमाले प्रवेश

Posted on: 28 Mar, 2022

चैत १४, काठमाडौं । पूर्वमन्त्री तथा सांसद् बृजेशकुमार गुप्ता नेकपा एमाले प्रवेश गरेका छन् । कपिलवस्तुको तौलिहवामा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई स्वागत गरेका छन् । त्यसका लागि ओली कपिलवस्तुनै पुगेका थिए । 

गुप्तासहित प्रदेश सांसद् धर्मबहादुर श्रीवास्तव, कपिलवस्तु नगरपालिका-४ का वडाअध्यक्ष सुदिप पौडेल, वडा नम्बर ४ का वडाअध्यक्ष रविन्द्र त्रिपाठी, वडा नम्बर १२ का वडाअध्यक्ष ओमप्रकाश पाण्डेय, बुद्धभूमि नगरपालिका-६ का वडा अध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका-८ का वडाअध्यक्ष शहबुद्धिन मुसलमान, कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ता, पूर्वउपमेयर वासुदेव कसौधन, कृष्णनगरका युवा नेता कुनाल प्रताप साहलगायतका नेताकार्यकर्ता नेकपा एमाले प्रवेश गरेका हुन्

यस बिषयमा तपाइको प्रतिक्रिया...!