इन्धनको मूल्यवृद्धिको विरोध गर्दै जनकपुरधाममा प्रधानमन्त्रीको पुतला दहन

Posted on: 02 Feb, 2022

माघ १९, काठमाडौँ | नेकपा एमालेसम्बद्ध अनेरास्ववियुका विद्यार्थीहरूले प्रदर्शन गर्दै प्रधानमन्त्री देउवाको पुतला दहन गरेका हुन् । उनीहरूले जनकपुरधामको जनक चोक र शिव चोकमा प्रदर्शन गरेका छन् ।

त्यसक्रममा प्रहरीसँग केहीबेर धकेलाधकेल पनि भएको थियो । अहिलेसम्मकै उच्च मूल्यवृद्धि गरी सरकारले जनतालाई पीडा दिने काम मात्र गरेको उनीहरूले आरोप लगाए ।

सरकारले मंगलबार राति १२ बजेदेखि प्रतिलिटर पेट्रोल, डिजल र मट्टीतेलमा ३–३ रुपैयाँ बढाएको थियो । अब प्रतिलिटर पेट्रोल १ सय ४२, डिजेल र मट्टीतेल १ सय २५ रुपैयाँ पुगेको छ । त्यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी ११६ रुपैयाँ कायम गरिएको छ ।सरकार दुई साताभित्र दुई पटक पेट्रोलियमको मूल्यवृद्धि गरेको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!