मतदानकाे समय थप, अहिलेसम्म १ हजार मत खस्याे

Posted on: 23 Dec, 2021

पुस ८, काठमाडौँ | नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनअन्तर्गत प्रदेश २ मा नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ।

आज बिहान १० बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म एक हजारभन्दा बढी मत खसेको निमित्त निर्वाचन अधिकृत विनय सिंहले जानकारी दिए।

उनका अनुसार मतदानका लागि दुई–दुई जिल्ला गरेर चार वटा बुथको व्यवस्था गरिएको छ। धनुषा–महोत्तरी, सिराहा– सप्तरी, सर्लाही– रौतहट र बारा– पर्साका गरेर चार वटा बुथ तोकेर मतदाताले मतदान गरिरहेका छन्। प्रत्येक बुथमा अहिलेसम्म दुई सयबन्दा बढी मत खसेको छ।

दिउँसो ३ बजेसम्मका लागि मतदानको समय तोके पनि मतदाता प्रक्रिया लम्बिने भएपछि साझ ६:३० सम्मका लागि समय थप गरिएको छ।

जनकपुरधामको गोपाल धर्मशालामा कडा सुरक्षाबीच मतदान कार्यक्रम भइरहेको छ। अहिलेसम्म व्यवस्थित रुपमा मतदान भइरहेको निर्वाचन समितिले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!