काँग्रेस र कम्युनिस्टको विकल्प राप्रपा– अध्यक्ष थापा

Posted on: 07 Oct, 2021

कमल घिमिरे।असोज२१।पाँचथर, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले काँग्रेस र कम्युनिस्टको विकल्प राप्रपा भएको दावी गर्नुभएको छ । 

जनता काँग्रेस कम्युनिस्टबाट दिक्क भएकोले बिकल्पको रुपमा राप्रपा रहने अध्यक्ष थापाको भनाइ छ । बुधवार पाँचथरको फिदिममा पत्रकार सम्मेलनमा सम्बोधन गर्दै महाधिवेशनपछी राज संस्था सहितको हिन्दु राष्ट्र बनाउनको लागी जनता सँग गएर आन्दोलन गरिने अध्यक्ष थापाले बताउनुभयो । 

प्रदेश सरकारको आवश्यकता छैन भन्दै प्रदेश स्तरिय संरचना खारेज गरिनुपर्ने अध्यक्ष थापाले बताउनुभयो । देशमा भ्रस्टचार बढेर आर्थिक संकट पर्न सक्ने भएकोले केन्द्र र स्थानिय सरकार दरो हुनुपर्ने अध्यक्ष थापाको भनाइ छ । 

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा कार्य सम्पादन समितीका सदस्य तेज कुमार कुरुम्बाङ, केन्द्रय सदस्य प्रेमराज थाम्सुहाङ, प्रदेश सदस्य घनेन्द्र कुरुम्बाङ लगायतको उपस्थिती थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!