ओली-नेपालबीच ‘वान टु वान’ वार्ता सुरु, होला त सहमति ?

Posted on: 16 May, 2021

जेठ २, काठमाडौँ (रासस) । दलभित्रको विवादको समाधान आपसी छलफलबाट निकाल्ने क्रममा नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र  नेता माधवकुमार नेपालबीच आज सिंहदरबारमा भेटवार्ता शुरु भएको छ ।

नेकपा (माओवादी केन्द्र) सँगको एकता (२०७५ जेठ ३) पूर्वका अवस्थामा दलका सङ्गठन र संरचनालाई सञ्चालन गर्नुपर्ने नेता नेपाल पक्षको अडानलाई कसरी सम्बोधन गर्न भन्ने विषयमा शीर्ष नेता र दोस्रो तहका नेताबीच पछिल्ला दिनमा छलफल हुँदै आएको छ । अध्यक्ष ओली र नेपालले कार्यदल गठन गरी विवाद समाधानको उपाय निकाल्ने तयारी गर्दै आउनुभएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!