प्रधानमन्त्री ओलीले लिए शपथ

Posted on: 14 May, 2021

वैशाख ३१, काठमाडौं । बिहीबार प्रधानमन्त्रीमा पुन: नियुक्त भएका केपी शर्मा ओलीले शपथ लिएका छन् । 


२७ वैशाखमा प्रतिनिधिसभामा ओलीले विश्वासको मत नपाएर पदमुक्त भएका थिए । तर राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि दिएको समयमा कसैको दावी नपरेपछि संविधानको धारा ७६ (३) अनुसार ओली संसदको ठूलो दलको संसदीय दलको नेताको हैसियतमा पुनःप्रधानमन्त्री नियुक्त भएका हुन्  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!