नेकपामा गुटबन्दी मौलायो –प्रवक्ता श्रेष्ठ

Posted on: 19 Jan, 2020


माघ ५, पर्वत । नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी गुटबन्दीमा फसेको बताएका छन् । 

पछिल्लो समयमा नेकपामा गुटबन्दी मौलाएको र शीर्ष नेतृत्वको विरुद्धमा बोले कुन बेला कुन नेताको राजनीति सकिने हो भन्ने खतरा बढेको उनले बताए । 

पर्वतमा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । दुई ठूला राजनीतिक शक्ति मिलेर नेकपा बनेको बताउँदै नेता श्रेष्ठले नागरिकको चाहाना अनुसार अगाडी बढ्नुपर्नेमा जोड दिए ।

हामी ठूलो शक्ति भयौ भनेर बस्ने बेला होइन काम गरेर देखाउनुपर्छ उनले भने । नेता श्रेष्ठले सोमबार बोलाइएको संसद बैठकबाट नै सभामुखको चयन प्रकृया अगाडी बढ्ने बताए । उनले भने 'मलाई विश्वास छ माघ ६ गतेको संसद बैठक स्थगित हुँदैन यहि बैठकबाट सभामुखको चयनको विषय अगाडी बढ्छ ।'

नेता श्रेष्ठले एमसीसीबारे पार्टी नेतृत्वले गहन छलफल गरेर निर्णय लिने पनि बताए । उनले सरकारले पार्टी चलाउन खाजेको भन्दै सरकारले पार्टी चलाउन खोजे सरकार कमजोर हुने भन्दै सरकारले पार्टीमा हस्तक्षेप गर्न नहुने बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!