काँग्रेसको चुनावी घोषणा पत्र सार्वजनिक,खानेपानी महशुलमा ५०% छुट, मजदुरको निशुल्क जीवन बीमा

Posted on: 21 Nov, 2019

कमल घिमिरे।मंसिर५।पाँचथर, नेपाली काँग्रेस पाँचथरले फिदिम नगरपालिका वाडा नं. १ को लागी चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । 

आउँदै गरेको उप निर्वाचनमा फिदिम नगरपालिका वडा नं.१ बाट वडा अध्यक्ष पदमा काँग्रेसका सुवराज थापाले उमेद्वारी दिएका छन ्। चुनाव प्रचार प्रसार समितीले आज फिदिममा पत्रकार सम्मेलन गरि घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएको घोषणा पत्रमा फिदिममा वितरण भइरहेको खानेपानी महशुलमा ५०% छुट दिइने,आफ्नो तलब भत्ता बाट न्युन आय भएका मजदुरीहरुको निशुल्क जीवन बीमा गरिदिने,बजार क्षेत्रलाइ उच्च गतीको निशुल्क वाइफाइको व्यवस्था गर्ने,कृषी जन्य वस्तुहरुलाइ विशेष प्राथमिकता दिइने,बजारको ठाडो लाइनलाइ कालो पत्रेमा जोड दिने,युवा स्वरोजगारका लागी सिपमुलक तथा उद्यमशिलता सम्बन्धि कार्यक्रमहरु सञ्चालनमा ल्याउने, धार्मिक र सार्वजनिक स्थानहरुको विकास गर्ने ,ग्रीन फिदिम अभियानको सुरुवात गर्ने लगायतको नीती घोषणा पत्रमा उल्लेख गरिएको छ । 

खानेपानिको विद्यमान महगो महशुललाई नगरपालिका अनुदान कोषका माध्यमबाट समायोजन गरिने साथै नगरपालिका बाट प्राप्त हुने तलब भत्ताबाट अत्यन्तै न्युन आय भएका ५० जना प्रत्येक मजदुरको ५ लाख को जीवन बिमाहुन सक्ने उमेद्वार थापाले बताउनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!