पाँचथरबाट प्रदेश १ को लागि प्रदेश कमिटीमा को-को परे ? (नामावली सहित)

Posted on: 03 Dec, 2018

मंसिर १७, पाँचथर  | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश नम्बर १ सहित देशभरीको प्रदेश कमिटिको नाम सार्वजनिक गरेको छ । 

नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्यको नामावलीलाई अन्तिम रुप दिएको थियो । नेकपाले यसअघि नै प्रदेश कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव टुङ्गो लगाइसकेको छ । 

पार्टी एकता भएको करीब छ महीनापछि तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र)को भागबण्डाका आधारमा नामावली सार्वजनिक गरिएको छ । आज सार्वजनिक गरिएको विवरणनुसार प्रदेश नं १ मा २०७ जनाको प्रदेश कमिटी रहनेछ । त्यसमा तत्कालीन एमालेका तर्फबाट १२२ र माओवादी केन्द्रका तर्फबाट ८५ सदस्य छन् ।

प्रदेश १ को लागि प्रदेश कमिटीमा पाँचथरबाट को-को परे ?  

#साविक एमालेबाट 

१. राजकुमार भण्डारी पाँचथर सदस्य – प्रदेश संगठन कमिटी

२. कमल प्रसाद जवेगु पाँचथर सदस्य – प्रदेश संगठन कमिटी

३. विद्या राई पाँचथर सदस्य – प्रदेश संगठन कमिटी 

४. नरेन्द्र बस्नेत पाँचथर सदस्य – अञ्चल समन्वय कमिटी

५. उपेन्द्र दंगाल पाँचथर सदस्य – अञ्चल समन्वय कमिटी

#साविक माओवादी केन्द्रबाट 

६. हर्क नेम्बाब पाँचथर सदस्य– पोलिटब्युरो तथा जिल्ला इन्चार्ज 

७. सीता थेवे पाँचथर सदस्य– केन्द्रीय आयोजक समिति

८. होम जगेवु पाँचथर सदस्य– केन्द्रीय आयोजक समिति तथा जिल्ला संयोजक

९. विशाल रसाइली पाँचथर सदस्य– केन्द्रीय आयोजक समिति तथा जिल्ला सह–इन्चार्ज

१०. अमरसिंह थापा पाँचथर सदस्य– केन्द्रीय आयोजक समिति तथा जिल्ला सह–इन्चार्ज

११. दिनेश लावती पाँचथर सदस्य– केन्द्रीय आयोजक समिति तथा जिल्ला सह–इन्चार्ज

यस बिषयमा तपाइको प्रतिक्रिया...!