कालीकोटका जनप्रतिनिधि सार्कीको हत्यामा संलग्नलाई कारवाहीको माग

Posted on: 08 Jun, 2018

जेठ २५, काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकमा कालीकोटका जनप्रतिनिधि मना सार्की कुटिएर मारिएको घटनाका दोषीलाई कारबाही गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइएको छ । 

बैठकको प्रारम्भमै समय लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद गोमा देवकोटाले मुलुकमा छुवाछूत अन्त्य भइसकेको अवस्थामा पनि जनप्रतिनिधि नै कुटिएर मारिनु दुर्भाग्य हो भन्नुभयो । 

उक्त जिल्लाको नरहरिनाथ गाउँपालिका–९ का तत्कालीन नेकपा (एमाले) बाट दलित महिला सदस्यमा निर्वाचित सार्कीको यही जेठ १९ गते स्थानीयवासीको कुटपिटबाट निधन भएको थियो । 

सांसद देवकोटाले उक्त घटनामा संलग्न राजेन्द्र शाही र सिर्जना शाहीलगायतका दोषीलाई हदैसम्मको कानूनी कारवाही गर्न गृहमन्त्रीसँग माग गर्नुभयो |(रासस)

यस बिषयमा तपाइको प्रतिक्रिया...!