गत बर्ष भोजपुरको मात्र अख्तियारमा २७ वटा मुद्दा दर्ता

Posted on: 10 Jan, 2018

पुस २६, भोजपुर (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भोजपुर जिल्लाबाट अघिल्लो आव २०७३/७४ मा २७ वटा मुद्दा दर्ता भएका थिए । 

मंगलबार जिल्लास्थित सरोकारवाला निकायसँग भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका विषयमा अन्तरक्रिया गर्दै यस्तो जानकारी दिइएको हो । 

आयोगका अनुसार २७ वटा मुद्दा दर्ता भएकोमा २० वटा फछ्र्योट भइसकेको र यस आवको मंसिर मसान्तसम्ममा १५ वटा नयाँ मुद्दा दर्ता भएकोमा छवटा फछ्र्योट भइसकेका छन् । 

भोजपुरका सरकारी कार्यालय तथा संघ संस्थालाई पारदर्शी र सेवाग्राहीप्रति उत्तरदायी हुन अनुरोध गरिएको छ । अन्तरक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री थापा गुरुङले जिल्लास्थित कार्यालयको वातावरण सेवाग्राही उन्मुख बनाउनुपर्ने बताउनुभएको थियो । 

अख्तियार दुरुपयोग आयोग क्षेत्रीय कार्यालय धनकुटाका प्रमुख पुरुषोत्तम दाहाल र कर्मचारी प्रदीप कोइरालाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!