नेकपा दैलेखका दुई जना कार्यकर्तालाई सार्वजनिक मुद्दा

Posted on: 24 Nov, 2017

मंसिर ८, दैलेख । निर्वाचन विरोधी गतिविधि गरेको भन्दै नेकपाका दुई जना कार्यकर्तालाई दैलेख प्रहरीले पक्राउ गरि सार्वजनिक मुद्दा लगाइएको छ ।

उनीहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय, दैलेखले सार्वजनिक मुद्दा दर्ता गरेको हो । आठवीस नगरपालिका-७ घर भएका विप्लव कार्यकर्ता दुर्गा सिजापति र नगेन्द्र सिजापतिलाई तीन दिन अघि प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी प्रमुख डीएसपी सरोज पौडेलले निर्वाचनमा बिरोधी गतिविधि गर्ने जोकोहीलाई नियन्त्रणमा लिई कारवाही गर्ने निर्देशन दिएसंगै उनीहरुलाई कारवाही गरिएको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!