रौतहटको गरुडा नगरपालिकामा प्रमुखमा फोरम उपप्रमुखमा काँग्रेस बिजयी

Posted on: 25 Sep, 2017

असोज ९, रौतहट । गरुडा नगरपालिकाको प्रमुख पदमा संघीय समाजवादी फोरमका इन्दुराय यादव र उपप्रमुख पदमा नेपाली काँग्रेसकी रंगिला देवी निर्वाचित हुनुभएको छ । 

आइतबार राति सम्पन्न मतगणनामा यादवले तीन हजार ८७६ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुुनिलकुुमार यादवले तीन हजार ८०३ मत प्राप्त गर्नुभएको थियो । 

त्यसैगरी उपप्रमुख रंगिला देवीले चार हजार ६०३ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी विन्दुु देवीले चार हजार २७६ मत प्राप्त गर्नुभएको थियो । 

यादवको विजयसँगै रौतहटमा फोरमबाट विजयी हुनेको संख्या चार पुगेको छ । जिल्लाभरिका कूल १८ स्थानीय तहका लागि भएको निर्वाचनमा गरुडा नपासँगै बौधीमाई, माधव नारायण, देवाही गोनाही नगरपालिकाको प्रमुखमा फोरमका उम्मेदवार विजयी भएका छन् । 

चन्द्रपुर, परोहा, गढीमाई, फतुआ विजयपुर, राजदेवी, बृन्दावन, राजपुर नगरपालिका र दुर्गा भगवती गाउँपालिकालगायत आठ स्थानमा काँग्रेस प्रमुख पदमा निर्वाचित भएको छ । 

त्यसैगरी माओवादी केन्द्र मौलापुर नगरपालिका, कटहरिया नगरपालिका र यमुनामाई गाउँपालिकाको प्रमुखमा विजयी भएको छ । गौर नगरपालिका, गुजरा नगरपालिकामा राजपा र इशनाथ नगरपालिकामा लोकतान्त्रिक फोरम प्रमुखमा विजयी भएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!