प्रदेश २ को पहिलो महिला मेयरमा माओवादीकी रिना बिजयी

Posted on: 21 Sep, 2017

असोज ५, काठमाडौं । प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा पहिलो महिला मेयरको रुपमा रौतहटको मौलापुर नगरपालिकाबाट रिना कुमारी साह (कविता) विजयी भएकी छिन् ।


साह नेकपा (माओवादी केन्द्र) को तर्फबाट मेयर पदको उम्मेदवार बनेकी थिइन् । निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टीका उम्मेदवारलाई भारी मतले पछि पार्दै साह विजयी भएकी हुन् ।

साहले ३९३३ मत प्राप्त गरी मौलापुर नगरपालिकाको मेयर पदमा विजय प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टीका रविन्द्र पटेलले २१०० मत मात्र प्राप्त गरेका थिए ।

त्यसैगरी मौलापुर नगरपालिकाको उपमेयर पदमा माओवादी केन्द्रकै गौरिशंकर प्रसाद जयसवालले विजय प्राप्त गरेका छन् । जयसवालले ३८९६ मत प्राप्त गरि विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टीका उम्मेदवारले १६५० मत मात्र प्राप्त गरेका थिए । रिना माओवादी केन्द्रका नेता तथा शहरी विकासमन्त्री प्रभु शाहकी जिवन संगीनिसमेत हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!