जिससमा एमाले–माओवादी गठबन्धन विजयी

Posted on: 14 Aug, 2017

साउन ३०, भोजपुर । जिल्ला समन्वय समिति भोजपुरमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को गठबन्धन विजयी भएको छ । 

सो अनुसार जिसस प्रमुखमा एमालेका लक्ष्मण खड्का र उपसभापतिमा माओवादी केन्द्रका अनिशा खड्का विजयी हुनुभएको छ । अल्पसङ््ख्यक सदस्य र महिला सदस्य यसअघि निर्विरोध भए पनि प्रमुख र उपप्रमुखका लागि आज निर्वाचन भएको मुख्य निर्वाचन अधिकृत प्रकाश श्रेष्ठले बताउनुभयो । 

एमाले र माओवादी केन्द्र मिलेर १३ तथा नेपाली काँग्रेसको पाँच मत थिए । काँग्रेसबाट डम्बर श्रेष्ठले उम्मेदवारी दिनुभएको थियो । तीन महिला र कम्तीमा एक दलित वा अल्पसङ्ख्यकसहित गरी नौ सदस्यीय जिसस बनाइएको हो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!