एकै टेबुलबाट दश वडा कार्यालय सन्चानल

Posted on: 08 Jun, 2017

दान बहादुर बुढा/जेठ २५, मुगु । नेपाल सरकारले नयाँ संरचना अनुसार प्रदेश,नगरपालीका,गाँउपालीका, वडा पालीकाको संरचनामा परिवतन गरेपछी मुगु जिल्लाको जिल्ला लाई ३ गाँउ पालीका, १ नगरपालीका ,६० वडाको संरचना अनुसार मुगुको एक मात्र छायानाथ रारा नगरपालीका मा १४ वडामा बिभाजन भएको हुदा नयाँ संरचना अनुसार वडा कार्यायलयको स्थापना नहुँदा गमगडी बजारमा रहेको छाँयानाथ रारा नगर पालीकाको भवनमा ५ वडा देखी १४ वडा सम्मको काम एकै टेबुलबाट सन्चालन भईरहेको छ ।

साबैकैका पिना, श्रीनगर, कार्कीवाडा, रुगा, र रोवा गरी ५ गाबिसको समिकरण गरी १ नगरपालीका हुदा एक दिन हिडेर सदरमुकाम गमगढी पुगेर वडा पालीकामा नै हुने काम गनको लागी गमगढी आउदा समय बढी लाग्ने एकै कोठा भित्र १० वडाको कार्यालय सन्चालन हुदा समयमा पाले नपाईने त कहीले कर्मचारी नभेटीने स्थानिय बासीको गुनासो रहेको छ ।

सानो साघुरो कोठामा ४, वडा देखी १४ वडा सम्मको वडा कार्यालय एकै ठाउमा चलाउदा गारो भएको  सेवा ग्राहीलाई बस्न पनि समस्या भएको बस्नेकोठा नभएकोहुदा समस्या छ जनशक्ती समेत कम भएको केहस् साथीहरु घरबिदामा बसेका हुदा दिन रात नभनी पसिना चुहाउने गरी काम गरेको १३र १४ वडा पालीकामा काम गर्ने खरीदार रामानन्द्र बिकले जनाएका छन ।

छायानाथ रारा नगरपालीको १देखी १४ वडा सम्ममा नेपाल सरकारले कर्मचारीको ब्याबस्था नभएको हुदा ।२०७४।२।२२ गते नर्वनिवाचित नगर प्रमुख, उपप्रमुख,वडा प्रमुख तथा उप्रमुखहरुको पहिले बैठक बाट जनताहरुलाई सेवा लिनको लागी समस्या भएको हुदा अहीले हामी संग भएको कर्मचारीहरुलाई ब्याबस्था मिलाएर साबिकका गाबिस कार्यालयमा ३/३ वडा रहने गरी वडा कार्यालय सन्चालन भोली बाट सन्चालन गरीने नर्वनिवाचित छाँयानाथ रारा नगरपालीकाका प्रमुख हरीजङ्ग शाहीले बताएका छन ।

यता कार्यालय सन्चालनको लागी भवन नहुदा समस्या भएको र जनताहरुले समयमानै सेवा लिन सकेका छैनन् साबैकका पिना, रोवा, रुगा, श्रीनगर, कार्कीवाडामा रहेका लाखै मूल्य बरबरका भवनहरु प्रयोग बिहीन भएका छन ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!