किरियापुत्रीद्वारा सेतिवाडा केन्द्रमा मतदान

Posted on: 14 May, 2017

नन्द बहादुर रोकाया/वैशाख ३१, मुगु । छायाँनाथ रारा नगरपालीका वडा नं ४ का एक किरियापुत्री देविसिङ भण्डारीले मालीका प्रथामीक सेतिवाडा मतदान केन्द्र मा मतदान गर्नुभएको छ ।

उहाँकि आमा दुधकला भण्डारीको ७० वर्षको उमेरमा यही वैशाख २५ गते निधन भएको हो । किरीयापुत्रीसँगै उहाँका श्रीमान उग्रिन भण्डारीले पनि मतदान गर्नुभयो । मतदानका लागि देविसिङ घरबाट३० मिनेटको दूरीमा रहेको मतदान केन्द्रसम्म हिँडेर जानुभएको थियो ।

आफू किरियामा बसे पनि बीस वर्षपछि स्थानीय तहको चुनाव हुन लागेकाले आफू र आफ्नो परिवारले आफ्ना अमूल्य मतको प्रयोग गर्ने मौकाको सदुपयोग गरेको उहाँले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!