मुगुमा ६ सय ६५ जनाको उम्मेद्धारी दर्ता

Posted on: 05 May, 2017

दान बहादुर बुढा/बैशाख २२, मुगु । जिल्लाभरी स्थानीय तहको निर्बाचनको निम्ति मुख्य निर्बाचन अधिकृतको कार्यालयमा ६ सय ६५ जनाको उम्मेद्धारी दर्ता भएको छ  । 

छायानाथ रारा नगरपालिकमा मेयर पदमा ८ जना पुरुष १ जना महिला गरि  ९ जना उपमेयरमा ३ जना पुरुष २ जना महिलाको उम्मेद्धारी मनोनय परेको छ । नगरपालिकामा ३७ जान पुरुष ४ जना महिला सहित ४१ जना वडाअध्यक्ष खुल्ला महिला सदस्यमा ४० जना, दलित महिलामा ३४ जनाको उम्मेद्धारी दर्ता भएको छ । 

वडातहको खुल्ला पुरुष सदस्यमा ७७ जना गरि नगरपालिकामा कुल २ सय ६ जनाको उम्मेद्धारा मनोनय भएको मुख्य निर्बाचन अधिकृत पुर्णसोर प्रसाद उपमध्यायले जनाएको छ । 

नगरपालिकामा काग्रेस, एमाले, माओबादी केन्द्र राप्रपा, माले, परिवार दल, नेककिपा, समाजबादी जनता पार्टी लगायत १२ दलले उम्मेद्धारी दर्ता गराएका छन् । 

जिल्लाको पूर्बीभेगमा रहेको मुगुम् कार्मारो गाउपालिकामा प्रमुखमा ३ जना उपप्रमुखमा ५ जना र वडाअध्यक्ष पदमा २० जनाको उम्मेद्धारी मनोनय भएको छ ।  उक्त गाउ“पालिकामा महिला २१ दलित महिला ११ जना र खुल्ला पुरुष सदस्यमा ४० जना गरि १ सयको मनोनय दर्ता भएको निर्बाचन अधिकृत बिजयराज पौडेलले फोन मार्फत जनाएका छन । 

खत्याड गाउ“पालिकामा प्रमुख पदमा ७ जना उपप्रमुखमा ५जना वडाअध्यक्षमा ३९ जना महिला सदस्यमा ३३ जना दलित महिला सदस्यमा २९ जनाको उम्मेद्धारी दर्ता भएको छ । खुल्ला पुरुष सदस्यमा ६९ जना गरि १ सय ८२ जनाको उम्मेद्धारी दर्ता भएको छ । उम्मेद्धारी दिने गाउ“बस्तीका महिला दलित पुरुष उत्साहित भएका छन् । 

सोरु गाउपालिकामा प्रमुखमा ४ जना र उपप्रमुखमा ३ जना सहित महिला दलित पुरुष सदस्य गरि कुल १ सय ७७ जनाको उम्मेद्धारी दर्ता भएको जिल्ला निर्बाचन अधिकारी राजीमान बुढाले बताए । 

खत्याड गाउपालिकामा राजबहादुर शाही र अम्मराज शाहीले प्रमुख पदको लागि स्वतन्त्र उम्मेद्धारी दर्ता गराएका छन् नगरपालिकामा गगनबहादुर मल्लले मेयर पदको लागि स्वतन्त्र उम्मेद्धारी दर्ता गराएका छन् । 

जिल्लाको तीन वटा गाउपालिकाहरुमा काग्रेस, एमाले, माओबादी केन्द्र राप्रपाको उम्मेद्धारी मनोनय भएको छ । बुधबार मुख्य निर्बाचन कार्यालय उजुरी माथि छानमिन गर्ने समय तोकेको छ ।

जिल्ला निर्वाचन कार्यालय मुगुका कार्यालय प्रमुख रानिमान बुढाका अनुसार ६ सय ६५ जनाले उमेदवार दीएका छन भने छाँयानाथ नगरपालीकामा मेयरको लागी ९ जना उपमेयरको लागी ५ जना र तिनै गाँउ पालीकामा १४ जना गाउँ उपप्रमुखमा ११ जना ३९ जना भाईटल पोष्टमा र अन्य महिला खुल्ला दलीत गरी ६ सय ६५ जनाले उमेदवार दिएको जानकारी गराएका छन । 


 



यस बिषयमा तपाइको प्रतिक्रिया...!