नेपाली कांग्रेसले ल्यायो 'एक बुद २५ तरुण अभियान'

Posted on: 24 Apr, 2017


दान बहादुर बुढा/बैशाख ११, मुगु । स्थानिय निकायको चुनाब नजिकै गर्दा नेपाली  कांग्रेसको भात्री संस्था तरुण दलने ल्यायो 'एक बुद २५ तरुणको अभियान' ल्याएको छ ।

बिगत दुई दशक लामो समयपछि हुन लागीहरेको स्थानिय निर्बाचनको जित आफ्नो माउ पार्टीको हातमा पार्नको लागी मुगु जिल्लामा रहेको १ नगर पालीका ३ गाँउ पालीकामा रहेको ६० बटा मतदान केन्द्रमा परिचालन गर्नको लागी १ हजार ५ सय तरुण यूवा परीचालन गर्ने जिल्ला तरुण दलका जिल्ला अध्क्षय रमेश बहादुर मल्लले जिल्ला सदरमुकाम गमगढी बजारमा  सन्चालन गरीएको  बृहत तरुण आमभेलाबाट जानकारी गराएका छन ।

कार्याक्रममा बोल्दै नेपाली कांग्रस निकट नेताहरुले आगामी स्थानिय निकायको निवाचनमा मुलुक भर नेपाली कांग्रेस नै पहिलो पार्टी बन्ने भएकाले रुख चिन्नमा मतदान गर्नपर्ने समेत बताएका छन । 


हिजो आज जति स्थानिय निकायको चुनाब नजिकीदै आउँदा त्यति नै मुगु जिल्लाको गाँउघर, टोल, सदरमुकाम गमगढी बजारमा दिन प्रतिदिन चुनाबि आम सभाबाट सर्वसाधारण कार्याकताहरुलाई  पार्टी प्रबेश गराउने र आफ्नो पकट जमाउने काममा मुगु जिल्लामा रहेका मुख्य तिन दल नेपाली काग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र बढी व्यस्त देखीएका छन भने अन्य साना दलहरुको सामान्य दौडघुपमा देखीएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!