सदरमुकमामा माओवादी केन्द्रले गर्यो चुनावी जनसभा

Posted on: 19 Apr, 2017

बैशाख ६, मुगु | चुनाव को पुर्व तयारीका लागी आज माओवादी केन्द्रले सदरमुकामा गमगढीमा जनसभा गरेको छ । आगामी बैशाख ३१ गते हुन गईरहेको स्थानीय निकायको चुनावलाई लक्षीत गदै मुुगुमा माओवादी केन्द्र लार्ई अत्याधिक बहुमतले जिताउन चुनावको पुर्व तयारीका लागी सदरमुकाम गमगढीमा चुनावी जनसभा गरेको हो । 

जनसभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका ६ नं प्रदेशका संयोजक एवम पुर्व सासंद माया प्रसाद शर्माले मुगु लगाय कर्णालीका पाँच जिल्ला जनयुद्ध काल देखि माओवादीमय भएकाले यो पटको स्थानीय निकायको चुनावमा पनी माओवादी केन्द्रको वर्चश्व कायमै रहने बताउनुभयो । सिङदरबार स्थित केन्दीय जनताको अधिकार गाउँ गाउँमा पुर्याउन माओवादी केन्द्र लागी परेको भन्दै उहाँले चुनाव जसरी भएपनी नरोकिने धाराण समेत राख्नुभएको थियो । उहाँले कसैको लोप लालचमा नलागी आफनो अधिकारका निम्ति पछीनहट्न  कार्यकर्तालाई आग्रह समेत गनुभएको थियो । माओवादी केन्द्रले चुनावको पुर्वतयारी लाई लक्षित गरी जिल्लाका  बिभिन्न गाउँपालीकामा चुनावी जनसभा समेत गरेको छ । पहिलो चरणमा कार्मारोङ गाउँपालीका, दोसा्र चरण खत्याड गाउँपालीका, तेश्रो चरण सोरुगाउँपालीका हुदै अन्तिम चरण आज छायाँनाथ रारा नगपालीकामा चुनावी जनसभा गरेको नेकपा माओवादी केन्द्र मुगुका जिल्ला ईन्चार्ज विष बहादुर थापा, मानव प्रकाशले साझा सवाललाई जानकारी दिनुभयो । 

चुनावको मिती नजिकिदै जाँदा माओवादी केन्द्रले पनी आपना उम्मेदारको यहि नौ गते सम्म छनोट गरी सक्ने  र दोस्रो चरणमा पुन गाउँ पस्ने ईन्चार्ज थापाको भनाई । यसै बिच पुर्व गृह मन्त्री शक्ति बहादुर बस्नेत जनसभालाई सम्बोधन गर्न हुम्लाबाट मुगु आउने भनिएपनी मौसम प्रतिकुलका कारण आउन नसेको पनी माओवादी केन्द्र मुगुले जनाएको छ । जनसभामा छाँयानाथ रारा नगरपालीका भित्र रेहेका साविका पाँच गाबिसका नेता तथा कार्यकताको उल्लेखिय सहभागी हुनुकासाथै  सास्कृत झलक समेत प्रस्तुत गरीएको थियो । - नन्द बहादुर रोकायाको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!