करका दर हेरफेरबारे अर्थमन्त्रीले जवाफ दिनुपर्छ : एमाले

Posted on: 06 Jun, 2023

जेठ २३, काठमाडौँ | प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले करका दरमा भएको हेरफेर र बजेट बनाउन अनाधिकृत व्यक्तिको प्रवेशबारे बाहिर आएका विषयमा अर्थमन्त्रीले सदनमा प्रस्ट पार्नुपर्ने बताएको छ । 

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले प्रमुख सचेतक पदम राज गिरीले प्रत्येक वर्ष बजेट बनाउने सुरुवात हुँदा कुनै न कुनै गम्भीर खालका सूचना आउने गरेको र यसले सरकारमाथि जनविश्वास घट्न थालेको भन्दै यसवर्षपनि अनाधिकृत व्यक्ति बजेट बनाउन पसेका समाचारहरु आएकाले यसबारे सरकारले प्रस्ट पार्नुपर्ने बताए ।

‘गत वर्षपनि बिचौलिया राखेर करका दर हेरफेर भयो भनेर सार्वजनिक भयो । त्यसको छानबिन हुनुपर्छ भन्दा सिसिटीभीका तार काट्ने र अर्वौ रुपैयाँ राज्यलाई घाटा गराउने काम भयो’, उनले भने, ‘यसपटक पनि बिचौलिया राखेर करका दर परिवर्तन भएको भनिएको छ । मन्त्रीका नीतिगत भ्रष्टाचारका यर्थाथ के हो ? अर्थमन्त्रीले चित्तबुझ्दो जवाफ दिनुपर्‍यो होइन हामीलाई त्यसले चित्त बुझ्न सकेन भने संसदीय छानबिन समिति बनाएर पनि गर्नुपर्छ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!