बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशबारे अर्थमन्त्रीले जवाफ दिए सदन चल्छ : रास्वपा

Posted on: 06 Jun, 2023

जेठ २३, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भनी उठेको प्रश्नमा अर्थमन्त्रीको जवाफ माग गरेको छ ।

अन्यथा संसद अवरोध गर्ने रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए । ‘प्रश्न उठेपछि अर्थमन्त्रीले जवाफ दिनुपर्छ । विषय प्रष्ट पारेपछि सदनको कामकारबाही अगाडि बढ्छ’, प्रमुख सचेतक परियारले  भने ।

एमाले र राप्रपाले भने यस विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेका छन् । सत्तारुढ दलहरुले अनावश्यक रुपमा यो विषय उठाउन खोजिएको भनी प्रतिवाद गरेका छन् । यही कारण मंगलबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक समयमै सुरु हुन सकेन ।

निर्धारित समय भन्दा दुई घण्टा ढिलो हुन गए बैठक स्वतः स्थगित भएको मानिने प्रतिनिधिसभा नियमावलीमा छ । त्यसलाई ख्याल गर्दै संसद सचिवालयमा महासचिव भरतराज गौतमले मंगलबार बिहान ११ बजेका लागि बोलाएको बैठक दिउँसो साढे १ बजे बस्ने गरी समय परिवर्तनको सूचना जारी गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!